मेस्सीको टोली बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार « Khabarhub

मेस्सीको टोली बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले बार्सिलोनालाई लज्जास्पद हार चखाएको छ ।

शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई/दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । अरू चार गोलमा जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले गरे ।

मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्कियो ।

२८औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ को अग्रता दिलाए । सर्ज ग्रन्बीले २८औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेलमा बायर्नलाई ३-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा बायर्नले बार्सिलोनालाई थप दबाबमा राख्यो । ५७औँ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे।

त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो । जोसुआ किम्मिचले ६३औँ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाए । रोबर्ट लेवान्डोस्कीले ८२औँ मिनेटमा थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पूरा गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्वखेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

८५औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को शानदार जित दिलाए ।

बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए ।

पछिल्लो हारसंगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । ला लिगा उपाधि रियल मड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशंका उत्पन्न भएको थियो । बायर्नसंगको लज्जास्पद हारले उनी तत्काल बर्खास्तीमा पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ४७ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा