कुलमानको पुन:नियुक्तिको माग गर्दै कलाकारहरू | Khabarhub Khabarhub

कुलमानको पुन:नियुक्तिको माग गर्दै कलाकारहरू


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कलाकारहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः दोहोरिनुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ऐक्यवद्धता जनाउँदै कलाकारहरुले कुलमान घिसिङलाई पुनःनियुक्तिका लागि दबाब दिन हरेक दिन बेलुका ८ बजेदेखि ५ मिनेटसम्मका लागि बत्ती निभाउन अनुरोध गरेका छन् ।

‘आदरणीय साथीहरु, कुलमानजीको पुनः नियुक्तिका लागि जनदबाव स्वरुप आजबाट हरेक साँझ ८ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं,’ कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत अपील गरेका छन् ।

यस्तै फिल्म निर्देशक प्रदीप भट्टराईले पनि गिरीको कुरामा ऐक्यवद्धता जनाउँदै बत्ती निभाएर दबाव दिन आह्वान गरेका छन् ।

भट्टराई भन्छन्, ‘नराम्रा पटक–पटक, राम्रा किन एकपटक ?’

कुलमान घिसिङको पुनःनियुक्ति हुनुपर्ने धारणा अन्य कलाकारले पनि व्यक्त गरेका छन् ।

कलाकार हरिवंश आचार्य, करिश्मा मानन्धर, वर्षा राउत, केकी अधिकारी लगायतका कलाकारले पनि कुलमान पुनः कार्यकारी निर्देशकमा नियुक्ति हुनुपर्ने भन्दै आवाज उठाएका छन् ।

आफ्नो ४ वर्षे कार्यकालमा कुलमानले नेपालमा दैनिक घण्टौंसम्म हुने लोडसेडिङ अन्त्य गरेका थिए । विद्युत चुहावट रोकी लोडसेडिङ अन्त्य गरेको भन्दै उनको खुबै तारिफ भएको थियो ।

लामो समयदेखि सामाजिक सञ्जालमा कुलमान घिसिङको पुनःनियुक्ति हुनुपर्ने विषय उठेको छ । धेरै मानिसले कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठाएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले भने कुलमान घिसिङलाई पुनःनियुक्ति गर्नेबारे निर्णय गर्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई पुनःनियुक्ति गर्नुपर्ने विषयमा कानूनी प्रश्न उठाएको बताइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ०६ बजे

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’