गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

क्यान्सरका बिरामी रहेका ती व्यक्ति भदौ २५ गते अस्पताल भर्ना भएकामा २८ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

पछिल्लो विवरणअनुसार प्रदेशमा चारजना कोरोना सङ्क्रमित थपिएका छन् । थप हुनेमा कास्कीका दुई, स्याङ्जा र गोरखाका एक/एकजना छन् ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११६ जना पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ८९५ जना निको भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ३३ बजे

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य