काठमाडौँको तापक्रम यो वर्षकै कम, तराईमा बाक्लो हुस्सु « Khabarhub

काठमाडौँको तापक्रम यो वर्षकै कम, तराईमा बाक्लो हुस्सु


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।

आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस भएको छ ।

मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ ।

बाक्लो हुस्सुका स्थानमा पारदर्शिता कम भइ देख्न गाह्रो हुने भएकाले यात्रामा साबधानी अपनाउ पनि महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : २५ बजे

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर