यो त्यस्तो टापु जसले प्रत्येक ६ महिनामा देश बदल्छ ! | Khabarhub Khabarhub

यो त्यस्तो टापु जसले प्रत्येक ६ महिनामा देश बदल्छ !


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुन्दा पनि अचम्म लाग्ने एउटा टापु जहाँ प्रत्यक ६ महिनामा देश नै परिवर्तन हुन्छ ।

गत जुलाई ३१ मा स्पेनले बिना लडाई नै आफ्नो ३ हजार वर्गमिटर जमिन फ्रान्सलाई सुम्पिएको थियो । स्पेनले दिएको त्यो जमिन पनि त्यसैगरी नै फ्रान्सले जनवरी ३१ फर्काएको थियो ।

फ्रान्स र स्पेनले लेनदेन गरिरहने यो टापुको नाम हो, फेजेन्ट टापु । पछिल्लो साढे ३ सय वर्षदेखि दुई देशबीचमा यस्तो लेनदेन भईरहेको छ । प्रत्येक वर्ष फेब्रुअरी १ देखि जुलाई ३१ सम्म उक्त टापु स्पेनको स्वामित्वमा रहन्छ भने अगष्ट १ देखि जनवरी ३१ सम्म फ्रान्सको स्वामित्वमा रहने गर्दछ। दुई देशको साझा स्वामित्व भएको यो टापु २ सय मिटर लामो र ४० मिटर चौडा रहेको छ ।

यो दुबै देशको सीमा क्षेत्रबाट ५० मिटर टाढा जलक्षेत्रको बीचमा पर्दछ । त्यहाँ मानिसहरु बस्दैनन्। त्यो टापुमा दुई देशका जलसैनिक बाहेक अरुलाई जान पनि निषेध छ । तर कहिलेकाहीँ मनाइने सम्पदा खुल्ला दिवसमा यो टापुमा भ्रमण गर्नका लागि सर्वसाधारणलाई पनि अनुमति दिने गरिन्छ । त्यो टापुमा धेरै शाही विवाहहरु तथा कैदी आदानप्रदान समारोहहरु पनि सम्पन्न भईसकेका छन् । सन् १६५९ मा फ्रान्स र स्पेनबीचको तीन वर्षे युद्ध अन्त्य भएर पाइरेनिजको सन्धी भएसँगै उक्त टापु साझा स्वामित्वमा परेको हो ।

सोही समयदेखि त्यहाँ ६६ महिने सासन लागू हुँदै आएको छ । यस टापूमा उक्त सन्धीको स्मारक पनि रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ५८ बजे

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र