सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य हो– प्रधानमन्त्री ओली « Khabarhub

सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य हो– प्रधानमन्त्री ओली


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका छन् ।

नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन गर्दै उनले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य हो भनेका छन् ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अपेक्षा पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थकरुपमा हिँडाउनु प्राज्ञिक निकायको दायित्व भएको पनि बताए ।

तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोँचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौँ आविष्कार गर्भमा रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना आरम्भले आफूलाई हर्षित तुल्याएको बताए ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय सङ्ग्रहालय निर्माणको प्रक्रिया शुरु हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने जानकारी गराए ।

सभाले वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १२ : ४५ बजे

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए…

वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख