आपराधिक घटनामा संलग्न तीन पक्राउ « Khabarhub

आपराधिक घटनामा संलग्न तीन पक्राउ


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको मित्रनगरबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको छत्रे देउराली घर भएका सुवास तामाङ भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । सालकको खबटा र अस्थिपञ्जर बेचबिखन भइरहेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले तीन फिट छ इञ्च लम्बाइ भएको दुई किलो ३०० ग्राम तौलको सालकको खबटासहित उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको छ ।

यसैगरी काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ जगडोल डाँडाबाट लागुऔषधसहित प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा बौद्धबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकका हरि रामदामलाई पक्राउ गरेको हो । उनले चलाएको मोटरसाइकल खानतलासी गर्दा झण्डै एक किलो बराबरको पोलाइन लागुऔषध बरामद गरिएको परिसरले जनाएको छ ।

यस्तै आजै व्यापारीलाई धम्की दिई पैसा माग गर्ने अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको गोठाटार बस्ने २२ वर्षीय उत्तम रिमाल रहेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित जयसवाल मार्केटिङ खाद्यान्न पसल सञ्चालन गर्ने रामलखनप्रसाद शाह शङ्कर जयसवालसँग रु ५० हजार रकम माग गरी धम्क्याएका प्रहरीले जनाएको छ ।

उनले केही साथीसँगको मिलेमतोमा व्यापारीलाई धम्की दिई रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्ति भने फरार रहेका र खोजी भइरहेको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : २० बजे

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने