कांग्रेस र जनता समाजवादीद्वारा प्रदेशसभाको विशेष अधिवेशन माग « Khabarhub

कांग्रेस र जनता समाजवादीद्वारा प्रदेशसभाको विशेष अधिवेशन माग


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले  प्रदेशसभाको विशेष अधिवेशन बोलाउन लिखित माग गरेका छन् ।

दुवै दलका गरी १७ प्रदेशसभा सदस्यले हस्ताक्षर गरी आज गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र जनता समाजवादीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीलाई बैठक माग गरिएको पत्र हस्तान्तरण गरेका थिए ।

संविधानले नागरिकलाई स्वास्थ्यसम्बन्धी मौलिक हक प्रदान गरेको भए पनि विपन्न र असहाय नागरिकले परीक्षण र उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको, महङ्गी अस्वभाविक बढेको, बजेट कार्यान्वयन निराशाजनक रहेको र जनसरोकारका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न सरकार असफल भएको पत्रमा उल्लेख छ ।

कांग्रेस दलका नेता नेपालीले कोरोनाबाट जनजीवन प्रभावित भएको अवस्थामा जनस्वास्थ्य र जीवनसँग सम्बन्धित संवेदनशील विषयमा प्रदेशसभा मौन रहन नहुने र यस बारे संसदमा छलफल आवश्यक भएकाले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार विशेष अधिवेशन माग गरिएको बताए ।

उनले भने, “शुरुदेखि नै हामी विश्वव्यापी महामारी कोरोनाका विषयमा सरकारलाई सचेत गर्दै आएका थियौँ । महामारीको प्रभाव अहिले पनि रहेको र सबै क्षेत्रमा यसको असर परेको अवस्थामा जनताको समस्या सदनमा छलफलका लागि विशेष अधिवेशन माग गरेका हौँ ।”

जनता समाजवादीका प्रदेशसभा सदस्य आचार्यले कोरोना सङ्क्रणमण र मृत्यु दर समेत बढेको अवस्थामा सरकारले परीक्षण र अस्पतालमा जनशक्ति व्यवस्थापनमा सरकारले बेवास्ता गरेको बताउँदै जनसरोकारका विषयमा छलफलका लागि संसद् अधिवेशन माग गरिएको बताए ।

प्रदेशसभाको अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले अधिवेशनको मिति तोक्न सक्ने संविधानमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : २८ बजे

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।