ज्योतिष शास्त्रः पर्समा च्यातिएको पैसा राख्दा छाउँछ दरिद्रता, के के राख्नु हुँदैन ? « Khabarhub

ज्योतिष शास्त्रः पर्समा च्यातिएको पैसा राख्दा छाउँछ दरिद्रता, के के राख्नु हुँदैन ?


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्ति चाहाना हुन्छ गोजीमा प्रशस्त पैसा होस् । आफ्नो पर्स कहिल्यै खाली नहोस् । तर, मानिसले राम्रै पैसा कमाए पनि बचत नहुने, खर्च बढ्ने अधिकांशको साझा समस्या बनेको हुन्छ ।

यस्तो हुनुमा ज्योतिष शास्त्रले केही धार्मिक कारण रहेको बताउँछ । शास्त्रअनुसार पर्समा पैसाबाहेक अनावश्यक कागजपत्र राख्नु हुँदैन । अधिकांश मानिसले पर्समा पैसाका अलाव अरु केही कागजात समेत राख्ने गरेका हुन्छन् । पर्समा त्यस्ता केही कागजात राख्दा नकारात्मक उर्जा पैदा हुने शास्त्रले बताउँछ । यसले जीवनमा आर्थिक संकट समेत निम्तिन्छ ।

ज्योतिषशास्त्र अनुसार केही यस्ता चीजहरु छन्, जो पर्समा राख्नु हुँदैन । अन्यथा यसले धनको क्षति मात्र होइन स्वास्थ्यमा समेत हानि पार्ने धार्मिक मान्यता राखिन्छ । के के कुरा पर्समा राख्नु हुँदैन ?

१. अनावश्यक कागजात

आफ्नो पर्समा कहिल्यै पनि अनावश्यक कागजात राख्नु हुँदैन । पुराना तथा च्यातिएका कागजात पर्समा राख्दा सम्पत्ति आफू रहँदैन । देवी लक्ष्मीले यस्ता ब्यक्तिहरुलाई सम्पन्नता नदिने धार्मिक विश्वास गरिन्छ ।

२. च्यातिएका वा फाटेका नोट

कतिपय मानिस च्यातिएको, डढेको वा काटिएको नोटहरु पर्समा राख्ने गर्दछन् । तर यस्ता नोट पर्समा राख्ने मानिसलाई भाग्यले साथ नदिने धार्मिक मान्यता छ । यस्तो नोट पर्समा राख्नाले नकारात्मक उर्जा पैदा हुने र आर्थिक संकटको अवस्था आउने विश्वास गरिन्छ ।

३. ब्लेड/चक्कू वा धारिलो हतियार

केही मानिस पर्समा ब्लेड, सानो चक्कू वा धारीलो हतियार पनि राख्ने गर्दछन् । तर यस्ता वस्तु पर्समा हुदाँ सो व्यक्तिका लागी नकरात्मक ऊर्जा सञ्चार गराउने र अपराधिक मानसिकता बनाउन प्रेरक हुने गर्दछ । साथै कतिपय अवस्था यी वस्तु आफ्नै लागि पनि घातक र हानिकारक हुन सक्छन् ।

४. मृत व्यक्तिको तस्वीर

केही मानिस सम्झना स्वरुप मृत आफन्त वा परिवारजनको तस्वीर पर्समा राख्ने गर्दछन् । तर, पर्समा कुनै पनि मृत व्यक्तिको तस्वीर राख्नु अशुभ मानिन्छ । यसले मानिसको आयुमा हानी गर्ने र मृत व्यक्तिको मात्र स्मृति बल्झाइरहने हुन्छ ।

५. उधारो तिर्ने सूची

खर्च व्यवस्थित बनाउन केहि मानिस किनमेल तथा लेनदेनको सूचीलाई पर्समा राख्ने गर्दछन् । किनमेल र लिन बाँकी रकमको सुचीले खासै असर नपारे पनि आफूले तिर्न बाँकी रकमको सूची भने पर्समा राख्नु हुँदैन । यसले व्यक्तिमा नकरात्मकता उर्जा बनाउने र स्वयम्लाई कमजोर दर्शाउने गर्दछ ।

६. देवी देवताको तस्वीर

धर्मकर्ममा आस्था राख्ने केही व्यक्तिहरु पर्समा देवी–देवताको तस्वीर राख्ने गर्दछन् । तर कहिल्यै पनि पर्समा देवीदेवताको तस्वीर राख्नु हुँदैन । ज्योतिषशास्त्र अनुसार भगवानको यन्त्र पर्समा राख्न मिले पनि तस्वीर भने राख्नु हुँदैन । पर्समा देवी देवताको तस्वीर राखी शौचालयसहित असुद्ध स्थानमा पनि भुलेर गइने हुँदा यसको प्रभाव व्यक्तिको जीवनमा समेत पर्ने गर्छ ।

७. पुराना बिल

आफूले खर्च गरेको वा रकम तिरेको बिललाई मानिसहरु पर्समा राख्ने गर्दछन् । तर कहिल्यै पनि पुराना बिलहरु पर्समा राख्नु हुदैन । यसले पर्समा धनको समस्या निम्त्याउने र धन आफुसंग नटिक्ने मान्यता छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १० : ३० बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा