बजाजको नयाँ शोरुम स्याङ्जामा शुभराम्भ « Khabarhub

बजाजको नयाँ शोरुम स्याङ्जामा शुभराम्भ


२ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा अझै आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम “अर्पण इन्टरप्राइजेज” को शुभराम्भ गरेको छ ।

स्याङ्जामा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ । यो उद्देश्यलाई सार्थक पार्ने अर्पण इन्टरप्राइजेजका प्रोप्राइटर अरुण श्रेष्ठलाई स्याङ्जामा डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ ।

बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले भन्नु भयो, “हामी स्याङ्जामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । स्याङ्जामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ११ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र