बजाजको नयाँ शोरुम स्याङ्जामा शुभराम्भ « Khabarhub

बजाजको नयाँ शोरुम स्याङ्जामा शुभराम्भ


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा अझै आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम “अर्पण इन्टरप्राइजेज” को शुभराम्भ गरेको छ ।

स्याङ्जामा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ । यो उद्देश्यलाई सार्थक पार्ने अर्पण इन्टरप्राइजेजका प्रोप्राइटर अरुण श्रेष्ठलाई स्याङ्जामा डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ ।

बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले भन्नु भयो, “हामी स्याङ्जामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । स्याङ्जामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ११ : ४८ बजे

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री