प्रहरीले ‘तँ’ भनेको भन्दै आस्था राउतले पोखिन् आक्रोश, विवादपछि हटाइन् भिडियो « Khabarhub

प्रहरीले ‘तँ’ भनेको भन्दै आस्था राउतले पोखिन् आक्रोश, विवादपछि हटाइन् भिडियो


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउतले प्रहरीले ‘तँ’ भनेको भन्दै प्रहरीलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन् । उनले प्रहरीले चेकिङका बेला ‘ज्याकेट खोल्’ भन्दै अकारेको भन्दै आक्रोश पोखेकी हुन् ।

प्रहरीलाई ‘डन्ठे’ भन्दै गाली गरेको भिडियो आस्थाले आफ्नो फेसबूक पेजमा शेयर गरेकी थिइन् । यद्यपि उक्त भिडियो उनले हटाइसकेकी छिन् ।

आधिकारिक रुपमा आस्थाले भिडियो हटाए पनि केही पेजले उक्त भिडियो अपलोड गरेका छन् । उक्त भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताबीच भाइरल बनेको छ ।

भिडियोमा आस्थाले भनेकी छिन्, ‘डन्ठेहरुले तँ भनेको हामी सहँदैनौं । कोही नेपाली पनि तँ होइन ।’

आस्थाले प्रहरीलाई आम नेपालीलाई ‘तँ’ भनेर नहेप्न पनि सुझाएकी छिन् । ‘गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट,’ उनले भिडियोमार्फ भनेकी छिन् ।

प्रहरीको तल्लो तहमा संस्कार नभएको भन्दै आस्थाले बर्दीको सम्मानका लागि भए पनि ‘पढाउने बेला राम्रो पढाउन’ सल्लाह दिएकी छिन् । ‘पढाउने बेलामा राम्रो पढाओ न यार,’ उनले भनेकी छिन् ।

आस्थाले प्रहरीलाई ‘नालीका कीरा’ भन्दै गाली गरेकी छिन् । साथै उनले भिडियो अवधिभरमा यी, यत्रो जस्ता शब्द प्रयोग गरेर प्रहरीलाई सुध्रिन गाली गरेकी छिन् ।

‘जबसम्म अरुलाई रेस्पेक्ट दिन जान्दैन, तबसम्म रेस्पेक्ट पाउँदैन,’ आस्थाले भिडियोमार्फत आक्रोश पोखेकी छिन् ।

आस्थाले महिला प्रहरीलाई पनि प्युसी, डन्ठिनी भन्दै गाली गरेकी छिन् । प्रहरीसँग सम्मान माग्दै आफूले चाहिँ प्रहरीलाई नै गाली गरेपछि आस्थालाई सामाजिक सञ्जालमा कतिले ‘ट्रोल’ बनाएका छन् । उनले प्रहरीको माथिल्लो तहमा रिस पोख्दै भनेकी छिन्, ‘तिमीहरुको रुट्स नै फोहोर छ, माथि ठीक भए पनि तल राम्रो छैन ।’

आस्थाले आफूलाई बुबाआमाले पनि ‘तँ’ नभनेको तर प्रहरीले तँ भन्दै गाली गरेकोप्रति आपत्ति जनाउँदै ‘प्रहरी मेरो साथी’ को नारा सुन्दा रिस उठेको प्रतिक्रिया दिएकी छिन् ।

‘अपराधीसँग त नराम्रो व्यवहार गर्न पाउँदैन भने प्रहरीलाई हामीलाई तँ भन्ने?,’ उनले भनेकी छिन् । भिडियोमार्फत आस्थाले प्रहरीले तँ भन्यो भने उनीहरुलाई पनि त्यस्तै व्यवहार गर्न सुझाएकी छिन् ।

आस्थाले हालै ‘आधार २’ एल्बम् बजारमा ल्याएकी थिइन् । उक्त एल्बममा समावेश ‘नाकैमा फुली’ दर्शकले रुचाएका छन् ।

‘द भ्याइस अफ नेपाल २’ मा निर्णायकको भूमिका निभाएकी आस्था पछिल्लो समय देश तथा विदेशमा हुने स्टेज कार्यक्रममा व्यस्त छिन् ।

आस्था बेलाबेलामा राख्ने कडा अभिव्यक्तिका कारण चर्चामा रहन्छिन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : १८ बजे

पश्चिम नेपालका ६ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म

वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न गराउन अक्युपञ्चर सेवा सुरु

गोरखा– गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा