बालुवाटारबाट भीम रावलको ज्यान लिने धम्की आएको छैनः मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

बालुवाटारबाट भीम रावलको ज्यान लिने धम्की आएको छैनः मन्त्री बाँस्कोटा


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपाका स्थायी कमिटी सदस्य भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको विषयमा कुनै सत्यता नभएको बताएका छन् ।

विहीवार(आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेता रावलको ज्यान लिने धम्कीका बारेमा कुनै सत्यता नभएको बताएका हुन् ।

नेता रावलले आफूमाथि प्रधानमन्त्री निवास बालुवाटारबाट ज्यान मार्ने धम्की आएको खबरहबसँगको कुराकानीमा बताएका थिए ।

नेता रावललाई बालुवाटारबाट ज्यानमार्ने धम्की आएको विषयमा पत्रकारले मन्त्री बाँस्कोटालाई प्रश्न गरेका थिए ।

जवाफमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने,‘भीम रावल ज्यूको ज्यान लिने धम्की बालुवाटारबाट आयो भन्ने कुरा तपाईलाई पत्यार लाग्छ ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र ? कसैको ज्यान नै लिने । प्रधानमन्त्री बहस गर्न रुचाउनु हुन्छ त्यो बहस हुनसक्छ, मन पर्न सक्छ, नपर्न सक्छ, विरोध हुनसक्छ वा नेताहरुको भाषणको विषय बन्न सक्छ । तर ज्यान लिने धम्कीमा कुनै सत्यता छँदा पनि छैन हुँदा पनि होइन ।’

मन्त्री बाँस्कोटाले यदी नेता रावलमाथि ज्यान लिने धम्की आएको भए उहाँले धम्की दिने व्यक्ति वा नम्बरबारे जानकारी गराउनुपर्ने बताए ।
‘साँच्चै त्यस्तो हो भने उहाँले बताइदिनुपर्छ यो मान्छेले वा यो नम्बरबाट फोन आएको थियो अथवा यस्तो गरियो भनेर’ मन्त्री बाँस्कोटाले भने,‘त्यस्तालाई कारवाही गर्नुपर्छ । विचार व्यक्त गरेकै भरमा कसैमाथि ज्यानको धम्की लिन मिल्दैन ।’

नेता रावल सरकारले नै उपलव्ध गराएको सुरक्षा व्यवस्थामा रहेको भन्दै मन्त्री बाँस्कोटाले भने,‘प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ र उहाँ(नेता रावल) नेकपाकै हुनुहुन्छ । उहाँको सुरक्षा व्यवस्था सरकारले नै उपलव्ध गराइरहेको छ । पछुवापनि छ । उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन ।’

‘प्रधानमन्त्रीले आफ्नै कार्यकर्तामाथि तरबार बोकेर हिँड्नुहुन्छ वा खल्तीमा गोलीको माला बोकेर हिँड्नु हुन्छ भन्ने सोच्नु राम्रो र सत्य होइन’ मन्त्री बाँस्कोटाले भने ।

आइतवार खबरहबसँगको कुराकानीमा नेता रावलले आफूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएका थिए । आफूले राष्ट्रवादबारे व्यक्त गरेको अडानका कारण ज्यान मार्ने धम्की आएको उनको भनाइ थियो ।

‘मलाई ज्यानको समेत धम्की दिइएको छ बालुवाटार बस्ने व्यक्तिबाट’ नेता रावलले भनेका थिए,‘लेडि डायनाले जसरी ज्यान गुमाउनु पर्‍यो तिमीले पनि त्यसरी नै ज्यान गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो । यो विडम्बना हो । ’

यो पनि पढ्नुहोस्

बालुवाटारबाट भीम रावललाई ज्यान लिने धम्की !

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ४ : १५ बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट