युएईमा १८ जना नेपालीसहित २४ जना सवार बस दुर्घटना, ६ जनाको मृत्यु « Khabarhub

युएईमा १८ जना नेपालीसहित २४ जना सवार बस दुर्घटना, ६ जनाको मृत्यु


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब ईमिरेट्स (युएई)को राजधानी आवुधावीमा १८ जना नेपालीसहित २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ ।

आवुधावी प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । तर, मृत्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान खुलेको छैन ।

प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनामा परेको बसमा १८ जना नेपाली सवार रहेको विषय जानकारीमा आएको उल्लेख गरेका छन् । तर, दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने खुल्न नसकेको उनको भनाइ छ ।

राजदूत ढकालले फेसबूकमा एक स्टाटस लेख्दै दुर्घटनामा परेको गाडीमा १८ जना यात्रु सवार रहेका उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ६ : १० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर