चीनबाट फर्किएका विद्यार्थी मातृभूमि पुग्दा विमानस्थलमा देखिएको त्यो खुशी…  « Khabarhub

चीनबाट फर्किएका विद्यार्थी मातृभूमि पुग्दा विमानस्थलमा देखिएको त्यो खुशी… 


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट उद्धार गरिएका नेपालीहरुले काठमाडौंमा जहाज अवतरण गर्ने वित्तिकै खुशीयाली मनाए । उनीहरुले विमान अवतरण हुनासाथ ताली बजाएर एक-अर्काबीच खुशी साँटासाँट गरेका हुन् ।

वुहानबाट मातृभूमि आउन पाउँदा निकै खुशी लागेको विमानमा भएका विद्यार्थीहरुले जनाएका छन् । उनीहरुले चीनको उदास नेपाल पुग्दा खुशीयालीमा परिणत भएको बताएका छन्।

सरकारले वुहानबाट १ सय ७५ जना नेपालीलाई उद्धार गरेको हो । नेपाल फर्किनका लागि आवेदन भरेका १ सय ८५ जनामध्ये १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना बालबालिका नेपाल फर्किएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

अन्य १० जना चीनमै रोकिएका छन् । ६ जनालाई ज्वोरो आएको हुँदा नेपाल नल्याइएको र ४ जनाले नेपाल नफर्किने जनाएको दूतावासले जानकारी दिएको हो ।

आइतबार बिहान नेपाल अवतरण गरेका उनीहरु सबैलाई बसमार्फत भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : २८ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले