चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो, १५ दिन क्वारेन्टाइनमा रहने « Khabarhub

चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो, १५ दिन क्वारेन्टाइनमा रहने


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्‍याइएको छ ।

बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरकाे खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर खरिपाटी पुर्‍याएका छन । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरु सबैको स्वास्थ्य परिक्षण गरिएको थियो ।

उनीहरुलाई कम्तिमा २ साता खरिपाटीस्थित क्वारेन्टाइनमा नै राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आवेदन दिएका एक सय ८५ मध्ये १० जना चीनमा नै रोकिएका छन । ६ जनाको स्वास्थ्यमा समस्या आएपछि वुहानमै रोकिएका हुन भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेकाले नेपाल नआएको चीनस्थित  नेपाली दूतावासले जनाएको छ ।

उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन् ।

नेपाल आउनेमा एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार छन। चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिला नेपाल आएका हुन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ०६ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि