प्लेन डिले हुँदाको ‘फाइदा’ : विमानस्थलमा प्रचण्ड–बाबुरामको भलाकुसारी ! « Khabarhub

प्लेन डिले हुँदाको ‘फाइदा’ : विमानस्थलमा प्रचण्ड–बाबुरामको भलाकुसारी !


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको उद्गमस्थल चीनको बुहानलगायत क्षेत्रमा रहेका नेपाली ल्याएर आइतबार बिहान नेपाल एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण भएसँगै विमानस्थलका आन्तरिक र बाह्य उडान प्रभावित भए ।

विहान ६ बजेसम्म विमानस्थलमा यात्रुहरुलाई समेत प्रवेश गर्न दिइएको थिएन । उडान तालिका केही संशोधन गरिएको थियो ।

जसका कारण नियमित रुपमा हुने उडानहरु प्रभावित भए । आइतबार बिहान आन्तरिक तर्फका उडानहरु ३ घण्टासम्म प्रभावित भए ।

विमानहरुको उडान तालिका प्रभावित हुँदा सर्वसाधारण मात्रै हैन, नेताहरुले पनि ‘सास्ती’ खेप्नुप¥यो ।

समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने विमान डिले हुँदा आफ्नै पूर्वसहयात्रीसहित नेताहरुसँग भलकुसारी गर्न पाए ।

उपत्यका बाहिर जान विहान विमानस्थल पुगेका नेताहरुले समयमै उडान नहुँदा ३ घण्टासम्म विमानस्थलमै विताउनु प¥यो ।

भट्टराईले आफ्नै पूर्वसहयात्री सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल), अर्थमन्त्री युवराज खतिवडा लगायत करिब १० जनाजति नेताहरुसँग एउटै ठाउँमा भेट गर्न पाए ।

तुलनात्मक रुपमा अन्य नेताहरुभन्दा सामाजिक सञ्जालमा बढी नै सक्रिय रहने भट्टराईले विमानस्थलमा नेताहरुसँग भएको भेटलाई पनि तस्वीरमा कैद गर्न लगाएर सामाजिक सञ्जालमा शेयर गरिसकेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग भेटको तस्वीर शेयर गर्दै भट्टराईले माइक्रो ब्लगिङ साईट ट्वीटरमा लेखेका छन्– ७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन ! एयरपोर्टमा घण्टौं कुर्दाको फायदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने ! नकारभित्र सकार भनेको शायद यही हो ! अथवा चित्त बुझाउने मेसो !


प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ११ : १३ बजे

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको