प्रधानमन्त्री ओली झापामा, प्रचण्ड नेपालगञ्ज « Khabarhub

प्रधानमन्त्री ओली झापामा, प्रचण्ड नेपालगञ्ज


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेकपाका शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड जिल्ला दौडाहामा निस्किएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा सम्पन्न भएका विभिन्न विकास निर्माणको आयोजनाका लागि दमक पुगेका हुन भने प्रचण्ड पार्टीले आयोजना गरेको सभा उद्घाटनका लागि नेपालगञ्ज पुगेका हुन ।

भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की लगायतले स्वागत गरेका छन ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका थिए ।

प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि झापा पुगेका छन । प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावा खोलामा बनेको पक्की पुलको उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्नेछन ।

यसलगत्तै उनले बेलडाँगीमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने पत्रकार चेतन अधिकारीले जानकारी दिए ।

प्रचण्ड भने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको संगठन सुदृढीकरण अभियानका कार्यक्रममध्येको एक नेपालगञ्जबाट सुरु भएको अभियानमुखी सभाको उद्घाटनका लागि नेपालगञ्ज पुगेका हुन । प्रचण्डसँगै गृहमन्त्री रामवहादुर थापा पनि सोही सभामा सहभागी भएका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : १६ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा