महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, आजै फैसला आउने « Khabarhub

महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, आजै फैसला आउने


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा महरा पुर्पक्षका लागि जेलमा छन् ।

उनको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाइ भइरहेको छ।

अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ। अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुने सम्भावना रहेको श्रेष्ठले बताए ।

यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए।

उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : ५९ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग