ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चोरी « Khabarhub

ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चोरी


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य वस्तु चोरी भएको जानकारी दिए ।

उनका अनुसार उक्त मन्दिरबाट ५० तोलाको एक वटा र १० तोला बराबरका तीन गरी ८० तोलाका लाखौँ मूल्य बराबरका छत्री चोरी भएका छन् । भक्तजनले मन्दिरमा चढाएका छत्री चोरी भएको स्थानीय गोविन्द श्रेष्ठले बताए ।

उनले भने, “भक्तजनले चढाएका छत्री चोरी भएका छन्, मन्दिरका बारेमा थाहा पाएको व्यक्तिले चोरी गरेको हुनसक्छ ।” फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभा हलको ताला चोरी गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । मन्दिरमा कतिबेला भयो भन्ने यकिन खबर नभए पनि गतशनिबार राति चोरी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

यसैबीच भालुको आक्रमणमा परी दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित खेतकाट्टेकी ७५ वर्षीया धनीदेवी साउँद गम्भीर घाइते भएका छन् ।

आइतबार घर नजिकैको खेतमा काम गरिरहेको बेला उनलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

आक्रमणबाट साउँदको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलाली रिफर गरिएको जिल्ला अस्पतालका डा ज्योति पाण्डेले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ५१ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच