कोरोना त्रास : कांग्रेस मोरङको बैठक स्थगित | Khabarhub Khabarhub

कोरोना त्रास : कांग्रेस मोरङको बैठक स्थगित


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोभिड–१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासि देखिएको महँगिप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली कांग्रेस मोरङले माग गरेको छ ।

यो रोगसँगै फैलिएको त्रासले बजारमा अनधिकृत रुपमा सामानको मूल्य बढेको र यसबाट आम उपभोक्ता मारमा पर्ने गरेका छन् ।

यही चैत ५ गते बस्ने भनिएको बैठक कोरोनाकै कारण स्थगन भएको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिँदै यसबाट बच्न र बचाउन भातृ सङ्गठनमार्फत सचेतना एवं जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको बताए ।

सचिव घिमिरेले भने, ‘‘कोरोना सङ्क्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन तथा स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो, ठूलो सङ्ख्यामा भेला भएर राजनीतिक कार्यक्रम हुने छैन ।”

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  २ : ५८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र