कोरोना भाइरसको संक्रमण रोक्न सीमा नाकामा स्वयम्‌सेवक परिचालन « Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न सीमा नाकामा स्वयम्‌सेवक परिचालन


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकरभिट्टा– पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ को सङ्क्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयम्‌सेवक परिचालन गरेको छ । नगरभित्रका विभिन्न सङ्घसंस्थाका ४० प्रतिनिधिको टोलीले आजदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरुपमा भारततिर नजान अनुरोध गरेको छ ।

मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षतामा आइतबार नगरपालिकाले विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसहितको स्वयम्‌सेवक परिचालन समिति गठन गरेपछि उनीहरु आजदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन् । स्वयम्‌सेवकका रुपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य सङ्घले पाँच इन्फोरेट थर्मोमिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए । उनका अनुसार दैनिक ४० जनाले चार टोली बनाएर दिनको चारचार घण्टा नाकामा बसेर स्वयम्‌सेवक काम गर्नेछन् ।

टोलीमा उद्योग वाणिज्य सङ्घ, माइती नेपाल, रोटरी क्लब, ट्राभल्स सङ्घ, जेसिज, होटल व्यवसायी सङ्घ, नेपाल रेडक्रस सोसाइटी, नाइटचेस क्लब, मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थालगायत १६ रहेको उनले बताए । ‘दैनिक १० हजारभन्दा बढीको सङ्ख्यामा भारततिरबाट नेपाल मान्छेहरु आउँदा रहेछन्,’ सङ्घका अध्यक्ष तिम्सिनाले भने, ‘पूर्वी नाका मुख्य भएको र यहाँ हेल्थ डेस्कमा रहेका पाँच जना स्वास्थ्यकर्मीबाट मात्र सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि हामी लागेका हौँ ।’

उनले मेची उद्योग वाणिज्य सङ्घले खरीद गरेर ल्याएको पाँच र सहायता कक्षमा नगरपालिकाले दिएको तीन इन्फोरेट थर्मोमिटरले समेत अपुग भएका कारण थप १५ थर्मोमिटर भारतको सिलगुढीबाट मगाइसकिएको बताए ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश नं १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरिएको बताइन् । उनले नगरपालिकाले समितिलाई चाहिने आवश्यक सामग्री खरीद गरेर उपलब्ध गराउने बताउँदै भनिन्, ‘नाकामा आवश्यक कामबाहेक भारततिर ओहोरदोहोर गर्नेलाई समेत समितिले रोक्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ३ : ३३ बजे

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष