कोरानाको त्रासले सुनसान बन्यो इलामको सीमावर्ती बजार « Khabarhub

कोरानाको त्रासले सुनसान बन्यो इलामको सीमावर्ती बजार


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– सीमावर्ती बजार पशुपतिनगर यतिबेला सुनसान भएको छ । कोरोना भाइरसको त्रासले भारतसँग सीमा गाँसिएको बजार सुनसान भएको हो । बङ्गाली पर्यटकको घुइँचो लाग्ने पशुपतिनगर बजारमा हाल पर्यटकहरु आवतजावत गर्न छाडेका छन् । प्रायः पसलका सटरहरु पनि बन्द नै हुने गरेका छन् । कोभिड–१९ को प्रकोप फैलन सक्ने भन्दै भारतको पश्चिम बङ्गाल सरकारले सीमामा ‘सिल’ गरेपछि इलामका सीमावर्ती बजारहरु सुनसान भएका हुन् ।

भारतीय पर्यटकको भीड लाग्ने पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, जौबारी, सन्दकपुरलगायत सीमावर्ती बजार र पर्यटकीयस्थल प्रायः सुनसान भएका हुन् ।

भारत सरकारले आइतबार साँझसम्ममा नेपाल प्रवेश गरेका भारतीय र भारत प्रवेश गरेका नेपालीलाई आ–आफ्नो देश फर्कन निर्देशन दिएपछि पशुपतिनगर नाकाबाट आफ्ना घर फर्कन थालेका छन् । पशुपतिनगर नाका भएर भारत गएका पर्यटकलाई भने झापा काँकडभिट्टा नाकाबाट पठाउने भारतीय अधिकारीले जनाएका छन् ।

पशुपतिनगरका नेपाल प्रहरी प्रमुख रमेश राईले नेपालतर्फ सुरक्षित अवस्था रहे पनि उच्च सजगता अपनाइएको छ । अहिलेसम्म सात भारतीय नागरिकमा उच्च ज्वरो आएको देखिएकाले भारततिरै फर्काइएको छ । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको सहायता कक्ष ‘हेल्प डेस्क’मा परीक्षण गराउँदा उनीहरुमा १०४ डिग्रीभन्दा माथि ज्वरो देखिएको थियो ।

पशुपतिनगरमा स्थापना गरिएको हेल्प डेस्कमा फागुन २२ गतेबाट हालसम्म सात हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको नगरपालिका प्रमुख रणबहादुर राईले बताए । भारत प्रवेश गर्नेको भारततर्फ नै स्वास्थ्य जाँच गरिँदै आइएको छ । नेपाल प्रवेश गर्नेको नेपालतर्फ स्वास्थ्य जाँच गरिँदै आएको छ ।

दुवै देशको सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको सीमा क्षेत्रमा नगरपालिकाले पशुपतिनगर स्वास्थ्य केन्द्रमा चिकित्सकसहितको स्वास्थ्य टोली आकस्मिक सेवा दिने गरी तयारी अवस्थामा राखेको छ । त्रासकै कारण भए पनि बजार सुनसान बन्दा पसलको बैंकमा किस्ता तिर्न समस्या परेको व्यापारीहरुको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ३ : ४२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना