दक्षिण कोरियाली निर्वाचनमा सत्तारूढ दललाई बहुमत « Khabarhub

दक्षिण कोरियाली निर्वाचनमा सत्तारूढ दललाई बहुमत


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियाको संसदीय निर्वाचनमा राष्ट्रपति मुन जे-इनको पार्टी विजयी भएको छ । कोरोना भाइरस महामारी सुरु भएयता आवधिक निर्वाचन सम्पन्न गर्ने दक्षिण कोरिया पहिलो देश बनेको छ ।

बुधवार भएको मतदानको नतिजा अनुसार राष्ट्रपति इनको पार्टी विजयी भएको हो ।अधिकांश मतगणना सम्पन्न हुँदा ३०० सीट भएको त्यहाँको संसद्‌मा राष्ट्रपति मुनको डेमोक्र्याटिक पार्टीले १६३ सीट जितेको छ ।

उक्त दलसँग सहकार्य गरेको प्लेटफर्म पार्टीले १७ स्थानमा जित्ने प्रक्षेपण गरिएको छ। त्यसो हुँदा राष्ट्रपतिको दललाई सरकार निर्माणका लागि कुल १८० सीट पुग्ने देखिएको बीबीसीले जनाएको छ ।

निर्वाचनमा ३५ वटा दल सहभागी थिए । तर मुख्य प्रतिस्पर्धा भने वामपन्थी झुकाव भएको डेमोक्र्याटिक पार्टी र रूढीवादी विचाधाराको विपक्षी दल यूनाइटेड फ्यूचर पार्टीबीच थियो।

दक्षिण कोरिायमा केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो गरी फैलिएको थियो। चीनपछि त्यहाँ कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो।

तर व्यापक परीक्षण, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तगत दूरी जस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्यायो।

राष्ट्रपति मुनको दलको विजयलाई कोरोनाभाइरस महामारीसँग जुझ्न सरकारले गरेको कामको अनुमोदनका रूपमा हेरिएको छ।

सरकारले महामारी नियन्त्रण गर्न अवलम्बन गरेको नीतिको दक्षिण कोरियामा निकै प्रशंसा भएको थियो।

यस जितसँगै राष्ट्रपतिको सरकारलाई सन् १९८७ मा पहिलो प्रजातान्त्रिक निर्वाचन भएयता संसद्‌मा विशाल बहुमत प्राप्त हुनेछ।

सोह्र वर्षमा वामपन्थी झुकाव भएका पार्टीहरूले बहुमत ल्याएको समेत पहिलो पटक हो।

दक्षिण कोरियामा सन् १९५२ देखि सबै निर्वाचन निर्धारित समयमा हुँदै आएको छ। सन् १९५२ कोरियाली युद्ध चलिरहँदा पनि राष्ट्रपतीय निर्वाचन भएको थियो।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १२ : ३४ बजे

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल