दक्षिण कोरियाली निर्वाचनमा सत्तारूढ दललाई बहुमत « Khabarhub

दक्षिण कोरियाली निर्वाचनमा सत्तारूढ दललाई बहुमत


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियाको संसदीय निर्वाचनमा राष्ट्रपति मुन जे-इनको पार्टी विजयी भएको छ । कोरोना भाइरस महामारी सुरु भएयता आवधिक निर्वाचन सम्पन्न गर्ने दक्षिण कोरिया पहिलो देश बनेको छ ।

बुधवार भएको मतदानको नतिजा अनुसार राष्ट्रपति इनको पार्टी विजयी भएको हो ।अधिकांश मतगणना सम्पन्न हुँदा ३०० सीट भएको त्यहाँको संसद्‌मा राष्ट्रपति मुनको डेमोक्र्याटिक पार्टीले १६३ सीट जितेको छ ।

उक्त दलसँग सहकार्य गरेको प्लेटफर्म पार्टीले १७ स्थानमा जित्ने प्रक्षेपण गरिएको छ। त्यसो हुँदा राष्ट्रपतिको दललाई सरकार निर्माणका लागि कुल १८० सीट पुग्ने देखिएको बीबीसीले जनाएको छ ।

निर्वाचनमा ३५ वटा दल सहभागी थिए । तर मुख्य प्रतिस्पर्धा भने वामपन्थी झुकाव भएको डेमोक्र्याटिक पार्टी र रूढीवादी विचाधाराको विपक्षी दल यूनाइटेड फ्यूचर पार्टीबीच थियो।

दक्षिण कोरिायमा केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो गरी फैलिएको थियो। चीनपछि त्यहाँ कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो।

तर व्यापक परीक्षण, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तगत दूरी जस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्यायो।

राष्ट्रपति मुनको दलको विजयलाई कोरोनाभाइरस महामारीसँग जुझ्न सरकारले गरेको कामको अनुमोदनका रूपमा हेरिएको छ।

सरकारले महामारी नियन्त्रण गर्न अवलम्बन गरेको नीतिको दक्षिण कोरियामा निकै प्रशंसा भएको थियो।

यस जितसँगै राष्ट्रपतिको सरकारलाई सन् १९८७ मा पहिलो प्रजातान्त्रिक निर्वाचन भएयता संसद्‌मा विशाल बहुमत प्राप्त हुनेछ।

सोह्र वर्षमा वामपन्थी झुकाव भएका पार्टीहरूले बहुमत ल्याएको समेत पहिलो पटक हो।

दक्षिण कोरियामा सन् १९५२ देखि सबै निर्वाचन निर्धारित समयमा हुँदै आएको छ। सन् १९५२ कोरियाली युद्ध चलिरहँदा पनि राष्ट्रपतीय निर्वाचन भएको थियो।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १२ : ३४ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई