गण्डकी प्रदेशमा ९० वर्षका वृद्धसहित तीन जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा ९० वर्षका वृद्धसहित तीन जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पतालको प्रयोगशालामा थप १० जनामा संक्रमण पुष्टि


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले एक विज्ञप्तिमार्फत गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमित कास्कीको पोखरा महानगरपालिका पश्चिमाञ्चाल सामुदायिक अस्पताल, पोखरामा उपचार रहेका ९० वर्षका एक पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १२ वर्षका बालक र ४६ का एकजना पुरुषसहित ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँका २ जनालाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ ।

यस्तै पोखरामा संक्रमण पुष्टि भएका ९० वर्षका वृद्ध पुरुषलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ‌ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ |

भेरी अस्पताल नेपालगन्ज को प्रयोगशालामा पनि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले एक विज्ञप्तिमार्फत थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपेका सङ्क्रमितहरू बर्दियाका ९ जना पुरुष र बाँकेका एक जना पुरुष रहेका छन् । नयाँ थपेका सङ्क्रमितहरू १८ देखि ३६ वर्ष उमेर समूहका हुन् ।

No photo description available.

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १ : ०९ बजे

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा