लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु « Khabarhub

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत- चीनको सीमा क्षेत्र लद्दाखमा झडप भएको छ । भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा ३ भारतीय सैनिकको मृत्यु भएको छ ।

एक भारतीय सेनाका अफिसरसहित दुई सैनिकको ज्यान गएको अन्तराष्ट्रिय समाचार माध्ययमले जनाएका छन ।

पूर्वी लद्दाख क्षेत्रको चार अवरोध बिन्दु मध्ये एक गाल्वान भ्यालीमा भारतीय र चिनियाँ सैनिकको हिंसात्मक मुठभेड भएको भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । झडपमा एक सेनाका अधिकारी र दुई सैनिकको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

103143591_4327913707280302_7717347016946696954_o_061620011339.jpg

भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा मारिएको जनाएको छ।

केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।

भारतले चीनको सीमामा जारी तनाव कम गर्न प्रयास भैरहेको बताएको छ। आफ्नो तीन सैनिक अधिकारी मारिएको विषयमा जानकारी दिँदै भारतीय सेनाले दुवैतर्फ सैनिक फिर्ताको प्रक्रिया भइरहेको समयमा सो घटना भएको जनाएको छ।

‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हताहती भएको हो’ भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारततर्फ एक अधिकृत र दुई जवानको ज्यान गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सैनिकका वरिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’

 झडपको विषयलाई लिएर दुवै देशले आआफ्नै दाबी गरेका छन् । चिनियाँ पक्षले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।

यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।

लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।

पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ०२ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप