सीमा विवादले भारत-चीनबीच आरोप प्रत्यारोप « Khabarhub

सीमा विवादले भारत-चीनबीच आरोप प्रत्यारोप


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सीमा विवादका कारण भारत- चीन आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुई देशको सीमा क्षेत्र लद्दाखमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा ३ भारतीय सैनिकले ज्यान गुमाएका छन् ।

घटनाको पुष्टि गर्दै भारत सरकारले भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको जनाएको छ ।

घटनाका बारेमा दुवै देशले आआफ्नै दाबी गरेका छन् । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा भिडन्त भएको जनाएको छ । त्यस्तै भारतीय पक्षले केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको जनाएको छ ।

यता चीनले भने भारतीय सेना भारतीय भूमि छाडेर चिनियाँ भूमितर्फ अघि बढेपछि भिडन्त भएको जनाएको छ ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो। चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत पराजित भएको थियो। चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।

भारतीय सेनाले दुई देशका वरिष्ठ सैन्य अधिकारीहरूबीच विवाद समाधानका लागि वार्ता सुरु भएको बीबीसीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : २५ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप