सीमा विवादले भारत-चीनबीच आरोप प्रत्यारोप | Khabarhub Khabarhub

सीमा विवादले भारत-चीनबीच आरोप प्रत्यारोप


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सीमा विवादका कारण भारत- चीन आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुई देशको सीमा क्षेत्र लद्दाखमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा ३ भारतीय सैनिकले ज्यान गुमाएका छन् ।

घटनाको पुष्टि गर्दै भारत सरकारले भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको जनाएको छ ।

घटनाका बारेमा दुवै देशले आआफ्नै दाबी गरेका छन् । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा भिडन्त भएको जनाएको छ । त्यस्तै भारतीय पक्षले केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको जनाएको छ ।

यता चीनले भने भारतीय सेना भारतीय भूमि छाडेर चिनियाँ भूमितर्फ अघि बढेपछि भिडन्त भएको जनाएको छ ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो। चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत पराजित भएको थियो। चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।

भारतीय सेनाले दुई देशका वरिष्ठ सैन्य अधिकारीहरूबीच विवाद समाधानका लागि वार्ता सुरु भएको बीबीसीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : २५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला