विदेशमा अलपत्र नेपाली श्रमिकलाई कोषको रकमबाट स्वदेश फर्काइने « Khabarhub

विदेशमा अलपत्र नेपाली श्रमिकलाई कोषको रकमबाट स्वदेश फर्काइने


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने भएको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा युवराज खतिवडाले कोरोना कहरका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित गरेको जानकारी दिए।

कार्यविधि पारित भएसँगै स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र बनेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गरिने उनले बताए।

यसैगरी मन्त्रिपरिषद्को बैठकले लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीका व्यक्तिलाई नेपाल आउन दिने निर्णय गरेको उनले जानकारी दिए ।

उनकाअनुसार नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिइनेछ ।

त्यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी र उद्योगका मेसिन मर्मतको लागि चाहिने अति आवश्यक विदेशी प्राविधिकलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल आउन दिइने मन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : ४७ बजे

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट