बेलारूसको सरकारी टेलिभिजनविरूद्ध हजारौँको प्रदर्शन, निस्पक्ष समाचार प्रसारणको माग « Khabarhub

बेलारूसको सरकारी टेलिभिजनविरूद्ध हजारौँको प्रदर्शन, निस्पक्ष समाचार प्रसारणको माग


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलारुसमा सरकारी टेलिभिजनविरूद्ध हजारौँले प्रदर्शन गरेका छन् ।

समाचार प्रसारणमा पक्षधरता देखाएको भन्दै प्रदर्शनकारीहरूले सरकारी टेलिभिजनअघि प्रदर्शन गरेका हुन् ।

राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्दै सुरू भएका प्रदर्शनको समाचार नै प्रसारण नभएको तथा राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोको पक्षमा मात्र समाचार सामग्रीहरू प्रस्तुत गरिएको भन्दै प्रदर्शनकारीहरूले विरोध जनाएको बीबीसीले जनाएको छ ।

यही अगस्ट ९ मा भएको चुनावमा राष्ट्रपति लुकाशेन्कोले जितेको घोषणा गरिएपछि बेलारूसमा प्रदर्शन हुँदै आएको छ ।

सन् १९९४ देखि सत्तामा रहँदै आएका लुकाशेन्कोले अगस्ट ९ मा भएको चुनावमा ८०.१ प्रतिशत मत पाएको बेलारुसको निर्वाचन आयोगले घोषणा गरेको थियो । लगत्तै विपक्षी उम्मेदवारहरूले फेरि मतगणनाको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ५१ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र