संक्रमितको सूचना स्थानीय तहलाई दिन मानवअधिकार आयोगको आग्रह « Khabarhub

संक्रमितको सूचना स्थानीय तहलाई दिन मानवअधिकार आयोगको आग्रह


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको हो । आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी उक्त कुरा जानकारी गराएका हुन् ।

कतिपय स्थानीय तहले आफ्नो क्षेत्रभित्र कहाँ र के कति संख्यामा संक्रमित रहेका छन् र परिवार तथा समुदायको संरक्षणका लागि के कस्तो पहल गर्नु पर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो गरेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

आफ्नो इलाकाभित्र कोरोना संक्रमण भएका व्यक्तिहरूको सूचना जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको गुनासो स्थानीय तहहरूको छ ।

आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन संक्रमणको अवस्थाका सन्दर्भमा जानकारी गराउँदा काठमाडौं लगायत अन्य ठूला शहरहरूको कुन क्षेत्र र व्यवसायका व्यक्तिहरूमा संक्रमण देखियो भन्ने प्रष्ट पार्न सुझाव दिएको छ । यसो गर्दा स्थानीय तहहरूलाई थप सजगता अपनाउन मद्दत मिल्ने आयोगको भनाइ छ ।

आयोगले संक्रामक रोग समुदायमा स्तरमा फैलिनबाट रोक्न तथा आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन पनि नेपाल सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ३४ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै