एजेन्सी- क्यारिबियन टापु मुलुक बार्बेडोसले आफ्नो राष्ट्रप्रमुखको पदवीबाट बेलायती महारानी एलिजावेथको नाम हटाउने घोषणा गरेको छ।
उपनिवेशको विल्ला भिरेर बस्ने समय सकिएको बताउँदै बार्बेडोस सरकारले राष्ट्र प्रमुख मानिदै आएको बेलायती महारानी एलिजावेथको नाम हटाएर गणतन्त्र घोषणा गर्ने जनाएको छ ।
यो प्रक्रिया नोभेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने बार्बेडोसकी प्रधानमन्त्री मिया मोट्लीले जनाएकी छन् ।
सन् १९६६ मा बेलायतबाट स्वतन्त्र भएको बार्बेडोसका जनताले अब आफ्नै मुलुकको नागरिकलाई राष्ट्रप्रमुख बनाउन चाहेको मोट्लीले बताएकी छन् ।













प्रतिक्रिया