एनएमबि बैंकद्वारा सेती नदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन « Khabarhub

एनएमबि बैंकद्वारा सेती नदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दैछ ।

यस परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कूल लागत रु ५ अर्ब रहेको छ । जसमध्ये बैकहरुको लगानी कूल रु. ३.५० अर्बको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कूल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : ३९ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित