कोरोना संक्रमित सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याइयो | Khabarhub Khabarhub

कोरोना संक्रमित सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याइयो


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कोरोना पोजेटिभ देखिएपछि गृह जिल्ला कञ्चनपुरमै उपचार गराइरहेकी प्रतिनिधि सभाकी सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

संघीय संसदको महिला तथा सामाजिक समितिकी अध्यक्ष समेत रहेकी पाललाई बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया, मुटु तथा फोक्सोको पुरानो बिरामी समेत रहेकी सांसद पाललाई थप उपचारका लागि शुक्रवार काठमाडौं ल्याइएको हो ।

उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ४७ बजे

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न