नोबेलले कोरोना संकटमा पनि कर्मचारीलाई दियो १ करोड २६ लाख दशैँ बोनस « Khabarhub

नोबेलले कोरोना संकटमा पनि कर्मचारीलाई दियो १ करोड २६ लाख दशैँ बोनस


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको महामारीका कारण लामो लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनसबापत १ करोड २६ लाख रकम वितरण गरेको छ।

निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउने, बेतलबी राख्‍ने, आंशिक काममा लगाउने, काम गर्नेलाई पनि न्यून तलब दिने समस्या देखिएका बेला नोबेलले कर्मचारीहरूलाई दशैं मनाउनका लागि बोनस दिएको हो।

९ सय ८० जना कर्मचारीलाई दशैं बोनस बापत ९५ लाख १३ हजार रकम बितरण गरिएको नोबेल अस्पतालले जनाएको छ।

त्यस्तै,अन्य संस्थामार्फत सम्झौता भएर नोबेलमा कार्यरत सुरक्षागार्ड, सफाई कर्मचारी लगायतलाई बोनसका लागि ३१ लाख २८ हजार रकम सम्बन्धित संस्थालाई यसअघि नै उपलब्ध गराइसकेको छ।

प्रत्यक्ष रोजगार र अन्य संस्थामार्फत सम्झौता भएर काम गर्ने गरी नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन्।

नोबेलमा काम गर्ने कर्मचारीले प्रतिव्यक्ति न्यूनतम ८ हजार ४ सय ५५ देखि अधिकतम ४० हजार रुपैयाँसम्म बोनस पाएका छन्।

कोरोनाको महामारीका कारण अन्य क्षेत्र जस्तै नोबेल पनि प्रभावित भएतापनि संकटका बेला आएको दशैंमा कर्मचारीलाई राहत स्वरुप बोनस वितरण गरिएको नोबेल अस्पतालका संचालक डा.सुनिल शर्माले बताए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : २५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज