नोबेलले कोरोना संकटमा पनि कर्मचारीलाई दियो १ करोड २६ लाख दशैँ बोनस « Khabarhub

नोबेलले कोरोना संकटमा पनि कर्मचारीलाई दियो १ करोड २६ लाख दशैँ बोनस


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको महामारीका कारण लामो लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनसबापत १ करोड २६ लाख रकम वितरण गरेको छ।

निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउने, बेतलबी राख्‍ने, आंशिक काममा लगाउने, काम गर्नेलाई पनि न्यून तलब दिने समस्या देखिएका बेला नोबेलले कर्मचारीहरूलाई दशैं मनाउनका लागि बोनस दिएको हो।

९ सय ८० जना कर्मचारीलाई दशैं बोनस बापत ९५ लाख १३ हजार रकम बितरण गरिएको नोबेल अस्पतालले जनाएको छ।

त्यस्तै,अन्य संस्थामार्फत सम्झौता भएर नोबेलमा कार्यरत सुरक्षागार्ड, सफाई कर्मचारी लगायतलाई बोनसका लागि ३१ लाख २८ हजार रकम सम्बन्धित संस्थालाई यसअघि नै उपलब्ध गराइसकेको छ।

प्रत्यक्ष रोजगार र अन्य संस्थामार्फत सम्झौता भएर काम गर्ने गरी नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन्।

नोबेलमा काम गर्ने कर्मचारीले प्रतिव्यक्ति न्यूनतम ८ हजार ४ सय ५५ देखि अधिकतम ४० हजार रुपैयाँसम्म बोनस पाएका छन्।

कोरोनाको महामारीका कारण अन्य क्षेत्र जस्तै नोबेल पनि प्रभावित भएतापनि संकटका बेला आएको दशैंमा कर्मचारीलाई राहत स्वरुप बोनस वितरण गरिएको नोबेल अस्पतालका संचालक डा.सुनिल शर्माले बताए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : २५ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र