आउँदो वर्षको जाडोयामसम्म कोरोना समान्य अवस्थामा आउने खोप उत्पादकको दाबी « Khabarhub

आउँदो वर्षको जाडोयामसम्म कोरोना समान्य अवस्थामा आउने खोप उत्पादकको दाबी


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खोपको प्रयोगसँगै आउदो वर्षको जाडोयामसम्म कोरोना भाइरसको संक्रमण सामान्य अवस्थामा आउने खोप उत्पादकहरूले दाबी गरेका छन् ।

औषधि उत्पादक कम्पनी बायोटेकका सहसंस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइसक्ने जनाएका छन् ।

गर्मीयाममा सफल भइसक्ने खोपमा आम मानिसको सहज पहुँच पुग्ने र जाडो याम सुरू हुँदा त्यसको असर कम भइसक्ने साहिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बायोटेकले गएको हप्ता उसले आविष्कार गरेको खोपको प्रभावकारिता ९० प्रतिशत रहेको जनाएको थियो । झण्डै ४३ हजार  जनाले उक्त खोपको परीक्षणमा सहभागिता जनाएका थिए ।

बायोटेकले तयार पारेको उक्त खोप सफल भएको दाबीसँगै कोरोना नियन्त्रणमा आउने आशा पलाएको छ ।

बेलायतले बायोटेक/फिजर कम्पनीले यो वर्षको अन्त्यसम्म १० लाख डोज खोप तयार गर्ने बताएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ४० बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु