संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत « Khabarhub

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंगलवार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमति जनाएका छन् ।

नेकपाका एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको छलफलपछि ओली अध्यादेश फिर्ता गर्न सहमत भएका हुन् ।

नेकपा भित्रको विवादका बीच ओलीले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै जारी गरेकी थिइन् ।

अध्यादेश जारी हुनासाथ प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका थिए । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले उक्त अध्यादेश तुरुन्तै फिर्ता गर्नुपर्ने बताएका थिए ।

नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् ।

त्यस्तै २८ गते पनि ओलीले बोलाएको बैठकमा सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ४९ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार