सभापति देउवासँग उद्योग वाणिज्य महासङ्घका पदाधिकारीको भेट « Khabarhub

सभापति देउवासँग उद्योग वाणिज्य महासङ्घका पदाधिकारीको भेट


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले आज भेट गरेका छन् ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हीराचन सम्मिलित प्रतिनिधिमण्डलले भेटवार्तामा नयाँ नेतृत्वले कोभिड–१९ सङ्कटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशलमाथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएका थिए।

अध्यक्ष गोल्छाले सरोकारवाला निकाय एवं विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको बताएका थिए । साथै उनले निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनःरुत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको समेत बताए ।

सो अवसरमा सभापति देउवाले महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ समूह सफल हुने विश्वास व्यक्त गरेका थिए । आजै उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेट गरेको महासङ्घले जनाएको छ ।

सो अवसरमा नेता नेपालले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ४८ बजे

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु

एजेन्सी – मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने