चार सुगर मिल सञ्‍चालकविरुद्ध ठगी मुद्दा चलाउन पक्राउ पुर्जी जारी « Khabarhub

चार सुगर मिल सञ्‍चालकविरुद्ध ठगी मुद्दा चलाउन पक्राउ पुर्जी जारी


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीहरु विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरेको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही तथा सम्वन्धित मन्त्रालयका सचिव सम्मिलित बैठकले किसानलाई बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिल सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र सुगर मिल रहेका जिल्लास्थित प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

बैठकको निर्देशनपछि बुधबार दिउँसै गृहले उखु मिल रहेका जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयलाई मुलुकी अपराध संहिता–२०७४ को ठगी सम्बन्धी कसुरमा पक्राउ गरी कारबाही चलाउन परिपत्र गरेको थियो । सोही परिपत्र पछि प्रहरीले चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नभएको भन्दै उखु किसानहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

२०७६ पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी सोही वर्षको माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाएको थियो ।

सम्झौता भएको एक वर्ष पुग्न लाग्दा समेत बक्यौता रकम नपाएको भन्दै उखु किसानहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।

यसपटक भने उधारोमा सहमति नगर्ने अडानका साथ आन्दोलनमा उत्रिएको पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ५८ बजे

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक