महाविर पुनको आविष्कार केन्द्रलाई नौमती बाजा समूहद्वार १ लाख सहयोग « Khabarhub

महाविर पुनको आविष्कार केन्द्रलाई नौमती बाजा समूहद्वार १ लाख सहयोग


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
नौमती बाजा समूहले गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रममा प्राप्त हुने आम्दानीबाट बचत गरेको रु एक लाख रुपैयाँ आविष्कार केन्द्रलाई सहयोग गरेको हो ।

समूहका सदस्य तुलप्रसाद फगामी, थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्यूरोड स्थित इस्माइल क्याफेमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई भेटेर सो रकम हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा रघुगङ्गा गाउँपालिका–१ का अध्यक्ष बिलबहादुर फगामीले व्यक्तिगतरुपमा रु १० हजार प्रदान गरेका थिए ।

नौमती बाजा समूहले विवाह लगायतका कार्यक्रममा बाजा बजाएर प्राप्त गरेको आम्दानी तीन भाग लगाई दुई भाग समूहमा संलग्नले पारिश्रमिक लिने र एक भागलाई सामाजिक कार्यमा सहयोग गर्नका लागि कोषमा जम्मा गरी राख्ने गरेको बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामीले जानकारी दिए।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ५४ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक