पशुसेवा विभागका लेखाअधिकृत कार्कीविरुद्ध आरोपपत्र दायर « Khabarhub

 पशुसेवा विभागका लेखाअधिकृत कार्कीविरुद्ध आरोपपत्र दायर


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पशुसेवा विभाग, हरिहरभवन ललितपुरका लेखाअधिकृत रमेश कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लुलु मिडिया एन्ड पब्लिकेशन प्रालिले विभागको सूचना पत्रिका प्रकाशित गरेपछि रकम भुक्तानी दिने क्रममा निजले सेवाग्राहीसँग रु आठ हजार ५०० घुस लिएको आयोगले आरोप लगाएको छ । लेखाअधिकृत कार्कीविरुद्ध घुस रकमबराबर बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि रु दुई हजार घुस लिएको आरोपमा आयोगले रुपन्देही जिल्ला अदालतमा कार्यरत नासु बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

धरौटी रकम फिर्ता गर्ने क्रममा निजहरुले सेवाग्राहीसँग दुई हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : १५ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक