कार्तिक र साराको ‘लभ आजकल’ औसत, विकेन्डको कमाइ कति ? « Khabarhub

कार्तिक र साराको ‘लभ आजकल’ औसत, विकेन्डको कमाइ कति ?


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सारा अली खान र कार्तिक आर्यनको फिल्म ‘लभ आजकाल’ ले बक्स अफिसमा खासै कमाइ गर्न सकेको छैन । प्रणय दिवसको अवसर पारेर रिलिज भएको यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

इम्तियाज अलीले बनाएको यो फिल्मलाई लिएर दर्शक लामो समयदेखि प्रतीक्षारत थिए । सन् २००९ मा रिलिज भएको सैफ अली खानको ‘लभ आजकाल’ को रिमेक भएका कारण पनि यो फिल्मको चर्चा थियो ।

९० औं दशकको लभस्टोरी देखाइएको यो फिल्मले दर्शकको ध्यान तान्न सकेन । नेपालमा पनि फिल्मले आशा गरिएअनुसारको व्यापार गर्न सकेको छैन । यद्यपि मल्टिप्लेक्समा दर्शक नआए पनि पर्याप्त शो भने दिइएको छ ।

फिल्मले नकारात्मक रिभ्यु पाएको छ भने माउथ पब्लिसिटी पनि राम्रो छैन । विश्लेषक तरण आदर्शले ‘लभ आजकाल’ लाई दर्शकले रिजेक्ट गरेको बताएका छन् ।

उनका अनुसार फिल्मले पहिलो विकेन्डमा २८ करोड ५१ लाख कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन १२ करोड ४० लाख भारुको ओपनिङ गरेको थियो । त्यस्तै दोस्रो दिन ८ करोड १ लाख भारु कमाएको थियो भने आइतवार ८ करोड १० लाख भारू कमाइ गरेको छ ।

सन् २००९ मा रिलिज भएको सैफ र दीपिका पादुकोणको फिल्मले भने पहिलो विकेन्डमा २७ करोड ८६ लाख भारु कमाइ गरेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र