अनुमति विना पोषाक लगाएरै दैलेख पुग्यो भारतीय प्रहरीको टोली « Khabarhub

अनुमति विना पोषाक लगाएरै दैलेख पुग्यो भारतीय प्रहरीको टोली


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– भारतीय प्रहरीको एक टोली नेपाली प्रशासनको अनुमति विनै पोषाक नै लगाएर दैलख पुगेको छ ।

भारतीय प्रहरीका ३ जना कर्मचारी बिहान पोसाकसहित दैलेख बजारमा देखिएपछि स्थानीयले विरोध जनाएका थिए ।

भारतीय राज्य हरियाणा राज्यको यमुनानगर जिल्लाबाट सब इन्सपेक्टर (सई) विजय विवेकको नेतृत्वमा ३ जना प्रहरी कर्मचारी र १ जना अर्का व्यक्ति गरी ४ जना सोमबार साँझ दैलेख पुगेका थिए ।

स्थानीय प्रशासनलाई जानकारी नै नगराई मंगलबार बिहान पोषाक लगाएरै दैलेख बजारमा हिँडिरहेको देखेपछि स्थानीयले विरोध जनाएका थिए ।

स्थानीयको विरोध पछि उनीहरुले जिल्ला प्रहरी कार्यालय दैलेखको सम्पर्कमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखकका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) नैनबहादुर सावदले भारतीय प्रहरीलाई पोषाक लगाएर नहिँड्न भनेको बताए ।

दैलेख प्रहरीका अनुसार उनीहरु कामका लागि भारत गएका दैलेखका एक युवक ५० लाख रुपैयाँ चोरी गरेर भागेको सूचना प्राप्त भएपछि खोजीका लागि दैलेखसम्म आइपुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा पुग्दा उनीहरुले अर्को देशमा पुग्दा पोषाक लगाउनु हुँदैन भन्ने थाहा नपाएको भन्ने बयान दिएका बुझिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १२ : ४४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको