१६ लाखको लेहेंगाले ‘ट्रोल’ बनिन् आँचल ! « Khabarhub

१६ लाखको लेहेंगाले ‘ट्रोल’ बनिन् आँचल !


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका आँचल शर्माको फागुन २९ मा भव्य बिहे भयो । बिहेमा सीमित आफन्तलाई मात्र निमन्त्रणा गरिएको थियो ।

चैत्र १ मा बिहेको भव्य पार्टी राखिएको थियो । आँचलको बिहेको भन्दा बढी चर्चा उनको बिहे भोजको भयो । उनी विमानस्थलबाट हेलिकप्टर चढेर राजधानीको पाँचतारे होटलमा आइपुगेकी थिइन् ।

आँचल होटल परिसरमा हेलिकप्टरबाट उत्रिएको मात्र चर्चा भएन । उनले लगाएको पहिरनको पनि चर्चा भयो । उनले लगाएको लेहेंगा १६ किलोको भएको चर्चा चल्यो ।

त्यतिमात्र होइन । भारतीय डिजाइनरले तयार पारेको आँचलको लेहेंगाको मूल्य १६ लाख भएको खबर बाहिर आयो । यद्यपि यसबारेमा आधिकारिक धारणा आएको छैन ।

यो खबर फैलिएपछि भने आँचललाई ट्रोल बनाउन थालिएको छ ।

त्यसो त नेपाली सेलिब्रेटीले बिहेमा यस्तो तामझाम नगर्ने कारण पनि धेरैलाई आँचलको बिहे खर्चालु लागेको छ ।

बलिउड तथा विदेशी कलाकारले भने बिहेलाई जतिसक्यो भव्य बनाउने गर्छन् । केही हप्ताअघि आयुष्मान देशराज जोशीसँग विवाहबन्धनमा बाँधिएकी प्रियंका कार्कीको बिहे पनि भव्य रुपमा सम्पन्न भएको थियो ।

अझ आँचलको बिहेमा १६ लाखको लेहेंगा र हेलिकप्टर चार्टर गरेको कुराले प्रियंकाको बिहेको तामझाम नै ओझेलमा पारिदिएको थियो ।

सामाजिक सञ्जालमा आँचलको महंगो बिहेलाई लिएर अनेक टिकाटिप्पणी गरेका छन् । कतिपयले आँचलले बिहेमा यत्रो खर्च नगरेर कुनै फाउण्डेसनमार्फत दुःखीको सहयोग गर्नुपर्ने भन्दै विरोध गरेका छन् ।

‘नेपाल सरकार, यी आँचल शर्मालाई छिटोभन्दा छिटो कारवाही होस्, पैसा छ भन्दैमा बिहेमा अनावश्यक खर्च गर्न कहाँ पाइन्छ ?,’ कुलचन्द्र नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन् ।

यस्तै ट्वीटरमा रुद्र पुरीले लेखेका छन्, ‘बिहे पनि श्रीमानकै खर्चबाट हो? कि नेपालका हिरोइनहरु करोड पारिश्रमिक लिन लागे ? के सिक्ने नेपाली समाजले आँचल शर्माबाट ?’

आँचलले १६ लाखको लेहेंगा र ६० लाखको गहना लगाइन् भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भए पनि आँचलले भने कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

‘बिहे आँचल शर्माले गर्दा अरुको टाउको किन दुख्यो? पैसा ऊसँग थियो जति खर्च गरोस् टाउको दुखाइ किन अरुको,’ सुरज कुमार महतोले ट्वीट गरेका छन्, ‘अरु के गर्छ त्यही हेर्ने? कि आफ्नो पनि हेर्ने, सोच विकास गरौं ।’

कतिपयले भने आँचलले बिहेमा जति खर्च गरे पनि कुनै समस्या हुन नहुने भन्दै तर्क गरेका छन् ।

आँचलले आफ्नो झण्डै १ वर्ष लामो प्रेमसम्बन्धपछि पेशाले डाक्टर उदिप श्रेष्ठसँग आँचलले बिहे गरेकी हुन् । बिहेको तामझामलाई कतिले सहजै लिए पनि कतिपयले भने विरोध गर्दै ट्रोल बनाएका छन् । अझ कतिले त बल्ल आँचल शर्मा भन्ने पनि नेपालमा नायिका रहेछिन् भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : २७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले