प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत « Khabarhub

प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् ।

मंगलबार चार वटा नामका लागि मतदान भए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्न सकेन ।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत परे पनि दुई तिहाईका लागि १२ मत अपुग भएको थियो ।

प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो । यसअघि प्रदेश नम्बर २ को नाम ‘मध्यमधेश’ राख्ने प्रस्ताव पनि अस्वीकृत भएको थियो । मध्यमधेश राख्न गरेको प्रस्तावमा मध्यमधेशलाई ४२ मत मात्र प्राप्त भएको थियो ।

त्यस्तै प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसको प्रस्तावको पक्षमा २८ मत मात्रै खसेको थियो ।

कांग्रेसको प्रस्तावको विपक्षमा ७९ मत खसेको थियो । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ ।

यसअघि प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राखेको ‘जानकी’ नाम राख्ने प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत परेको थियो ।

प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ५७ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार