इँटा उद्योग सञ्चालक चौधरीमाथि भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग  « Khabarhub

इँटा उद्योग सञ्चालक चौधरीमाथि भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग 


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद प्रभु साहले इँटा उद्योग सञ्चालकको ज्यान मार्ने गरी भएको घटनाको भर्त्सना गरेका छन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका साहले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीस्थित ‘दाइभाइ इँटा उद्योग’ का सञ्चालक एवं नेकपाको रौतहट जिल्ला सदस्य रामबाबु चौधरीका भाइ मुकेश कुमार चौधरीमाथि सांघातिक हमलामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै नेता साहले भनेका छन्, ‘रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीमा रहेको दाइभाइ इँटा उद्योगमा दर्जनौंको संख्यामा अपराधिक समूहले योजनावद्ध रुपमा रामबाबु चौधरीज्यूका भाइ मुकेश कुमार चौधरीमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएका छन्।’

पार्टीका नेतालाई ज्यान मार्ने उद्देश्यले गरिएको यस आपराधिक कार्यको विज्ञप्तिमार्फत घोर भर्त्सना गरिएको छ ।

घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नमाथि कडाभन्दा कडा कानूनी कारबाहीको माग गरिएको छ ।

गत आइतबार गरुडा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक यादवको अगुवाइमा दर्जनौंको संख्यामा गएको समुहहरुले उक्त उद्योगमा आक्रमण गरी मुकेशलाई गम्भीर घाइते बनाएको विज्ञप्तिमा जनाइएको छ ।

आक्रमणकारीहरुले इटा भट्टामा रहेको एक थान जेसीबी, एक थान टिप्पर, दुई थान ट्र्याक्टर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेको जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ४३ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ