चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट « Khabarhub

चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन – चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ ।

शुक्रबार( आज ) सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो ।

शुक्रबार चीन सरकारले एक तथ्यांक प्रस्तुत गर्दै यस वर्षको पहिलो त्रैमासिकमा जीडीपीमा गिरावट आएको जानकारी दिएको हो ।

गत वर्षको सोही अवधिमा वृद्धिदर ६ दशमलव ८ प्रतिशत थियो ।

कोरोनाभाइरस  महामारीका कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् ।

कोरोना महामारीको केन्द्र बनेको चीनमा अधिकांश उद्योग कलकारखा बन्द गरिएको थियो ।

विगत दुई दशकयता चीनको आर्थिक वृद्धिदर औसत नौ प्रतिशतले बढेको थियो । पिपुल्स डेलीले चीनले ल्याएको आर्थिक सहायताकार्यक्रमले मुलुकको आन्तरिक माग बढाउने बताएको थियो ।

तर चिनियाँ निर्यात भने प्रभावित छ । विश्लेषकहरुले चिनियाँ अर्थतन्त्रमा छिटै सुधार आउने सम्भावना कम बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चिनियाँ अर्थतन्त्रमा एक दशमलव २ प्रतिशतको मात्र वृद्धिदर हासिल हुने अनुमान गरेको छ । 

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  २ : ३८ बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने