चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट « Khabarhub

चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन – चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ ।

शुक्रबार( आज ) सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो ।

शुक्रबार चीन सरकारले एक तथ्यांक प्रस्तुत गर्दै यस वर्षको पहिलो त्रैमासिकमा जीडीपीमा गिरावट आएको जानकारी दिएको हो ।

गत वर्षको सोही अवधिमा वृद्धिदर ६ दशमलव ८ प्रतिशत थियो ।

कोरोनाभाइरस  महामारीका कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् ।

कोरोना महामारीको केन्द्र बनेको चीनमा अधिकांश उद्योग कलकारखा बन्द गरिएको थियो ।

विगत दुई दशकयता चीनको आर्थिक वृद्धिदर औसत नौ प्रतिशतले बढेको थियो । पिपुल्स डेलीले चीनले ल्याएको आर्थिक सहायताकार्यक्रमले मुलुकको आन्तरिक माग बढाउने बताएको थियो ।

तर चिनियाँ निर्यात भने प्रभावित छ । विश्लेषकहरुले चिनियाँ अर्थतन्त्रमा छिटै सुधार आउने सम्भावना कम बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चिनियाँ अर्थतन्त्रमा एक दशमलव २ प्रतिशतको मात्र वृद्धिदर हासिल हुने अनुमान गरेको छ । 

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  २ : ३८ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान