चेम्बरले दियो सरकारलाई बजेटसम्बन्धी सुझाव « Khabarhub

चेम्बरले दियो सरकारलाई बजेटसम्बन्धी सुझाव


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ ।

चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आज राजश्व सचिव रामशरण पुडासैनीलाई एक सुझावपत्र बुझाउँदै कोरोना असर कम गरी मुलुकको समग्र अर्थतन्त्रलाई पुरानै गतिमा लैजान आग्रह गरेका हुन् ।

कोरोनाका कारण वैदेशिक रोजगारीमा गएकामध्ये कति घर फर्किएलान् र फर्किए तथा तीनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आफैँमा चुनौतीपूर्ण रहेको भन्दै चेम्बरले आर्थिक क्षेत्रमा यसको सिधा असर बैंकमा तरलता अभाव र विदेशी विनियम सञ्चितिमा पर्ने देखिएको जनाएको छ ।

चेम्बरको सुझावमा निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान दिने नीति अपनाउनुपर्ने, ३० प्रतिशतसम्मको भ्याल्यू अडिसनमा पाँच प्रतिशतका नगद अनुदान दिनुपर्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको पुनःकर्जालाई अधिकतम वृद्धि गरी प्रभावित क्षेत्रको अवस्थाका आधारमा सबै प्रकारका साना घरेलु, मझौला तथा ठूला उद्योगलगायत निर्यात तथा अन्य व्यावसायिक क्षेत्रलाई समेत दीर्घकालीन कर्जा उपलब्ध गराउनुपर्ने र प्याकेजको आकार कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम हुन नहुने जनाएको छ ।

रुग्ण भएका ऊर्जाका आयोजनालाई पुनरुत्थान गर्न पाँच प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गर्नुपर्ने, आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुनेबित्तिकै अघि बढाउनु आवश्यक रहेकाले सरकारले अनिवार्यरुपमा वर्षको एकपटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आमनागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्न सुझाव दिइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : १९ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित