प्रहरीको घेराभित्र चिकित्सक | Khabarhub Khabarhub

प्रहरीको घेराभित्र चिकित्सक


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- जेठ १० गते सोती घटनामा मृत्यु भएका छ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ ।

काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकामभित्र घर भएका चिकित्सकले समेत घर जान नपाएको बताएका छन् । असार १ गते चिकित्सकलाई आक्रमण गर्ने उद्देश्यले गएको जुलुस र प्रहरीबीच स्वास्थ्य सेवा कार्यालय अगाडि झडप हुँदा सेवा कार्यालयको डिजिटल एक्सरे मेसिनमा क्षति भएको थियो । पानीमा डुबेको शव परीक्षण रिपोर्ट तयार पारेको आरोप लगाउँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुँदै आएको छ ।

दैनिक नारा, जुलुसका कारण स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि जाने बिरामीमा त्रास बढेको तीन दिनदेखि बिरामीको उपचारमा खटिएका भेरी नगरपालिका–१ का कालीबहादुर रानाले बताए ।

स्वास्थ्य सेवा कार्यालयमा शव परीक्षणका लागि ल्याइएको शवको समेत निर्धारित समयमा परीक्षण गर्ने वातावरण नहुँदा समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख सुनिल पुनले बताए ।

‘काम गर्ने वातावरण नै छैन, कसरी काम गर्ने ?’, उनले भने । चार एक्सरे गर्ने मुद्दा आएको थियो, तर आन्दोलनकारीको तोडफोडले एक्सरे मेसिनमा समस्या आएपछि रुकुमपश्चिमको चौरजहारीमा पठाएको डा पुनले बताए । नलगाड नगरपालिकाको रघुनाथमा समेत बारेकोट गाउँपालिकाबाट कोरोना जाँचका लागि ल्याइएको स्वाब सदरमुकाम ल्याउने कार्यमा अवरोध गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

दैनिक हुने आन्दोलनका कारण संसदीय छानविन समितिको अनुसन्धानमा समेत बाधा पुगेको छ । प्रमाण सङ्कलनमा ध्यान दिनुभन्दा पनि आन्दोलन भड्किलो बनाएर क्षति पुर्‍याउनेतर्फ अधिकांशको ध्यान गएको सुरक्षा अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : १२ बजे

नेप्सेमा सामान्य गिरावट, फाइनान्समा उछाल 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ।

महसुल नबुझाउँदा विद्युत् लाइन विच्छेद

सिरहा–  सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको

शिक्षककै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौं – विद्यार्थीलाई सदाचार सिकाउने जिम्मा लिएको शिक्षकमाथि नै भ्रष्टाचार

एचपीभी खोप अभियान आज पनि जारी

पोखरा – पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप

कांग्रेस भन्छ– ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन, हामी उड्ने अवस्थामा छौँ !

काठमाडौ– नेपाली कांग्रेसको नीति, अध्ययन तथा प्रशिक्षण प्रतिष्ठानको अध्ययनले स्नातक