लागुऔषधिसहित तीन पक्राउ « Khabarhub

लागुऔषधिसहित तीन पक्राउ


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मङ्गलबार एक महिलासहित तीन जनालाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले गैँडाकोट–१० का २७ वर्षीय धनबहादुर कुमाल, गैँडाकोट–१० कै ३० वर्षीय राजकुमार ताम्राकार र गैँडाकोट १२ की २३ वर्षीया सविता पाठकलाई पक्राउ गरेको जानकारी दिए ।

प्रतिबन्धित लागुऔषध डाइजापाम, फेनारगन, ब्रुनर्फिन बिक्री वितरण गरिरहेको ठाउँबाट १९ थान लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित रु १९ हजार २०० समेत बरामद भएको थापाले बताउनुभयो । गैँडाकोट प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

नारायणी नदीमा युवाको शव फेला

पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवाको शव फेला फेरेको छ । नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको भएको बताए । उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ । शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : २८ बजे

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय