कोरोना संक्रमणबाट थप एकको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या २० पुग्यो « Khabarhub

कोरोना संक्रमणबाट थप एकको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या २० पुग्यो


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असार २ गते मंगलबार मृत्यु भएको बाँकेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

भेरी अस्पताल नेपालगन्जले थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

बाँके घर भएकी ४६ वर्षकी महिलाको उपचारका क्रममा बुधबार निधन भएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको हो ‌।

ती महिलामा ल्युपस नेफ्राइटिस नामक दीर्घरोग समेत रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण देखिएका ३१ जना बर्दियाका हुन् ।

यता स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयले भने ती महिलामा कोरोना पुष्टि भएको आधिकारिक जानकारी गराएको छैन ।

No photo description available.

यसअघि सुर्खेतका २८ वर्षे युवकले पनि कोरोना भाइरस स‌ंक्रमणबाट ज्यान गुमाएका थिए । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए ।

त्यस्तै पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए । उनी भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो । उनको जेठ २० गते मंगालबार मृत्युभएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका र दोलखाका दोलखाका ७६ वर्षीय पुरुष गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १ : ३८ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को