कोरोना संक्रमणबाट थप एकको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या २० पुग्यो | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट थप एकको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या २० पुग्यो


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असार २ गते मंगलबार मृत्यु भएको बाँकेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

भेरी अस्पताल नेपालगन्जले थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

बाँके घर भएकी ४६ वर्षकी महिलाको उपचारका क्रममा बुधबार निधन भएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको हो ‌।

ती महिलामा ल्युपस नेफ्राइटिस नामक दीर्घरोग समेत रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण देखिएका ३१ जना बर्दियाका हुन् ।

यता स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयले भने ती महिलामा कोरोना पुष्टि भएको आधिकारिक जानकारी गराएको छैन ।

No photo description available.

यसअघि सुर्खेतका २८ वर्षे युवकले पनि कोरोना भाइरस स‌ंक्रमणबाट ज्यान गुमाएका थिए । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए ।

त्यस्तै पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए । उनी भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो । उनको जेठ २० गते मंगालबार मृत्युभएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका र दोलखाका दोलखाका ७६ वर्षीय पुरुष गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १ : ३८ बजे

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक

उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

काठमाडौं– विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु

गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो

काठमाडौं – गृहमन्त्री रमेश लेखकले शिक्षकले आफ्नो लडाइँमा जित हात

पोखरा एयरपोर्ट प्रतिवेदन : निर्णय प्रक्रियामा धेरै सहभागी, निश्चितलाई मात्रै दोषी करारको प्रयत्न

काठमाडौं– सार्वजनिक लेखा समितिअन्तर्गत राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको अध्ययन समितिले पोखरा